(पार्थ मण्डल) भद्रपुर । विवाहको प्रस्ताव राखेर युवतीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको कचनकवल गाउँपालिका ७ निवासी २५ बर्षीय हिमाल न्यौपानेलाई रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सोही गाउँपालिका निवासी १९ बर्षीय एक युवतीलाई न्यौपानेले माया जालमा फसाएर विवाहको प्रस्ताव राखेर भेट्न बोलाएका थिए ।
विवाहको प्रस्ताव नमानेपछि सोमबार दिउँसो ती युवतीको हात मुख थुनेर उनले जबरजस्ती बलात्कार गरेको पीडितका परिवारजनले स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरी झापा अदालतबाट म्याद थप गरी प्रहरी कार्यालय झापामा राखेर थप अनुसंन्धान गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।










