झापा । झापाको भद्रपुरस्थित एक होटलमा तास खेलिरहेका ९ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ७ निवासी ५७ बर्षीय शिव चौधरी, सोही ठाउँका ५७ बर्षीय भुवनलगट श्रेष्ठ, ४० बर्षीय देव सुब्बा, भद्रपुर ८ निवासी ५० बर्षीय प्रकाश श्रेष्ठ, भद्रपुर २ निवासी ४२ बर्षीय आशबहादुर तामाङ, भद्रपुर ३ निवासी ४१ बर्षीय दीलिप सुब्बा, भद्रपुर १० निवासी ३५ बर्षीय आईत साङपाङ्ग, सोही ठाँउका ५१ बर्षीय जनकलाल राजवंशी र बिर्तामोड ४ निवासी ४१ बर्षीय लेखनाथ खत्री रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर १० स्थित चन्द्रगढीमा रहेको खरखरे सेकुवा कर्नर भन्ने होटलमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले छापामा मारेर उनीहरुलाई नगदसहित पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ३९ हजार ७७० रुपैयाँसहित तास बरामद गरेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका उनीहरु विरुद्ध जुवा ऐन सम्बन्धी मुद्दा दर्ता गराई अनुसंन्धान अघि बढाइने उनले ब










