धर्मराज कठायत
महेन्द्रनगर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या अनुसन्धानमा संलग्न तत्कालिन प्रहरी प्रमुख डिल्लिराज बिष्ट र हत्यामा संलग्नको आरोप लागेका उहाँका छोरा र मेयरका भतिजाको डिएनए परिक्षण रिपोर्ट कञ्चनपुर पु¥याइएको छ । उक्त रिर्पोट कहिले सार्वजनिक हुने बिषय अन्यौलमा रहेको छ । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले आइतबार रिपोर्ट सार्वजनिक गर्ने बताउनुभएको छ ।
उहाँको भनाइः– जिल्लाका प्रहरी, केन्द्रबाट आएका प्रहरीहरु सबै मिलेर एकदमै गहन रुपले लागेका छौ । यो घटना राष्ट्रिय स्तरमा मात्र हैन अन्तराष्ट्रिय स्तरकै भईसक्यो त्यसैले पनि यो घटनालाई सकेसम्म छिटो सक्न हामीपनि आतुर छौँ । फराकिलो भन्दा पनि प्राविधिक र भौतिक हिसाबले अनुसन्धानको दायरालाई साघुँरो पार्दै लगिरहेका छौँ ।
बुवाको औँठाछाप नक्कलीः त्यो बिषयमा हामीसमक्ष औपचारिक रुपमा उजुरी परेको छैन । यदि त्यसो हो भने पहिला लगाईएका औँठाछाप र हस्ताक्षर अनि अहिलेको औँठाछाप र हस्ताक्षरको नमुना लिएर अनुसन्धान गर्न सकिन्छ ।
डिएनए रिपोर्टः डिएनए रिपोर्ट तीनदिनदेखि आएर पनि सार्वजनिक नभएको भन्ने कुरा गलत हो । हिजोमात्र आईपुगेको हो डिएनए रिपोर्ट । आज शनिबार भयो, अब भोली हामी त्यो रिपोर्टलाई सबैको समन्यवयमा खोल्छौँ र सार्वजनिक गछौँ ।
https://youtu.be/H-o7RTjsYRA
जनता समाचार बाट










