योगेश भट्टराइ
अमेरिकामा प्रधानमन्त्रिलाई कालो झन्डा ? बहुलबादी समाजमा बिचराका आधरमा मानिसहरु बिभिन्न राजनीतिक संस्थामा आबद्ध हुनु, कुनै बिचारको पक्ष वा बिपक्षमा आफूलाई उभ्याउनु अत्यन्तै स्वभाबिक र लोकतन्त्रको सुन्दरता हो । देशभित्र प्रधानमन्त्रिलाई कालोझण्डा देखाउनुलाई सामान्य रुपमा लिनु पर्दछ र राज्यले नागरिकको त्यो अधिकारको सम्मान र रक्षा गर्नु पर्दछ । तर लोकतान्त्रिक निर्वाचनको माध्यमबाट निर्बाचित, जनअनुमोदित, राजनीतिक तथा संबैधानिक बैधताप्राप्त प्रधानमन्त्रि जो सिँगो राष्ट्रको प्रतिनिधिका रुपमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न जाँदा नेपाली भनिनेहरुबाटै बिरोधको असभ्य र भद्धा नौटंकी देखाउनु निन्दनीय र खेदजनक बिषय हो । विश्वको सभ्य समाज भनिने अमेरिकामा बसेर पनि सभ्यता सिक्क नसकेका र नेपालीत्वको सामान्य सीमा पनि कायम गर्न नसकेका ती मानबहरुप्रति मलाई दया लागेको छ । हालै प्रम केपी ओली र केहीदिन अघि पूर्व प्रम बाबुराम भट्टराईप्रति गरिएको व्यबहार नेपाली परम्परा, संस्क्रिति र सभ्यतामाथिको अतिक्रमणका रुपमा मैले बुझेको छु । फेरी पनि भन्छु उनिहरुको फरक बिचारको म सम्मान गर्छु तर पराईको भूमिमा यो व्यबहार स्विकार्य हुनसक्दैन ।











