काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ ।

भदौ २८ मा निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गराउन रगतको नमूना संकलन गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीनै जनाको डीएनए रिपोर्ट शुक्रबार कञ्चनपुर आईपुगेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी कुवेर कठायतले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘आज शनिबार (विदा) परेकाले सिलबन्दी गरि आएको डीएनए रिपोर्ट खोलेका छैनौं, अब भोलिमात्र सरकारी वकीलसँग परामर्श गरेर अदालतमा पेश गछौं ।’

तिनै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा डीएनए परीक्षण गरिएको हो ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नमिलेपछि उनी छुटेका थिए । त्यस्तै, निर्मला पन्तको हत्या हुनु अगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् ।

साउन १० गते रोशनीको घर गएकी निर्मलाको साउन ११ गते विहान नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । रातो पाटि बाट