इलाम । इलामको सुर्योदय नगरपालिका–१४ लक्ष्मीपुर बतासेको सरस्वती माध्यमिक विद्यालयका छात्राहरूमा अनौठो रोग देखा परेको छ। कक्षा ७ देखि १० सम्मका छात्रालाई चिच्याउने, आत्तिने, हात खुट्टा चिसो हुने र हात मुठि पार्नेलगायतको अनौठो रोगको लक्षणले ग्रस्त बनाएको हो।

यी लक्षण विद्यार्थीमा विगत तीत वर्ष अघिदेखि सामान्य रूपमा देखिदै आएको भए पनि पछिल्लो समयमा आइपुग्दा जटिल बन्दै गएको छ। अस्पतालले रोग पत्ता लगाउन नसकेपछि र धामीझाँक्री र झारफुकको माध्यमबाट बीचमा केही समय विद्यार्थीमा यस्ता लक्षण देखिन रोकिएको भए पनि बिहीबार विद्यालयका १० जना छात्रालाई एकैपटक लक्षण देखापरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय अधिकारीले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीन दिन अघिदेखि पुराना साथै नयाँ छात्रामा पुनः लक्षण देखिन थालेपछि शुक्रबार बिद्यालय नै बन्द गरिएको थियो। छात्रालाई मात्र लक्षण देखिने उक्त रोगको पहिचान हुन नसक्दा विद्यालयमा ठूलो समस्या आइपरेको अध्यक्ष अधिकारीले बताए।