दमक/साउन १० गते बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण रिपोर्ट आइपुगेको छ।

उक्त रिपोर्ट प्राप्त भएको जानकारी दिँदै आइतबार सरकारी वकिलको कार्यालय कञ्चनपुरमा सार्वजनिक गरिने कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएकाे थियो।

यसअघि प्रहरीले मानसिक सन्तुलन गुमाएका दीलिपसिंह विष्टलाइ पक्राउ गरी डिएनएस परीक्षण गरेको थियाे। डिएनए परीक्षणमा उनको स‌ंलग्नता नदेखिएपछि उनलाई रिहा गरिसकिएको छ।

दुई महिना बितिसक्दा पनि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन।