काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी पन्तको ‘भेजिनल स्वाब’सँग परिक्षण गरिएका व्याक्तिहरुको डिएनए मिलेन । कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लिराज बिष्ट, उहाँका छोेरा किरण बिष्ट र मेयरका भतिजा आयुष बिष्टको डिएनए र मृतक निर्मलाको डिएनए नमिलेपछि घटना अनुसन्धान थप जटिल भएको छ । कञ्चनपुरका स्थानीयहरुले एसपी लगायत तीनै जनाको डिएनए जाँच गराउनुपर्ने दबाब दिएपछि तत्कालिन एसपी बिष्टले अनुसन्धानमा सहजताका लागि भन्दै आफ्नो र छोरा , मेयरका भतिजाको डिएनए परिक्षण गर्न दिनुभएको थियो ।

यता हत्या गरिएकी निर्मलाकी आमा दुर्गा देवि पन्तले आफ्नो र छोरीको डिएनए मेल गराउनुपर्ने बताएकी छन् । ‘भेजिनल स्वाब’ निर्मलाको हो, होईन भन्ने बिषयमा आफूले जान्न पाउनुपर्ने भन्दै उनले यस्तो बताएकी हुन् । निर्मलाको हत्या अनुसन्धानको प्रमाणका रुपमा ‘भेजिनल स्वाब’ मात्रै बाँकी रहेको छ । यसअघि एसपी बिष्ट, छोरा भतिजाको डिएनए प्रहरी विधि विज्ञान प्रयोगशाला र नाष्टमा परिक्षण गरिएको थियो । परिक्षणबाट डिएनए नेगेटिभ देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फरेन्सी विज्ञ डा. हरिहर वस्ती यस्तो भन्नुहुन्छ

सामान्यतया एक मानिसको डिएनए अर्कोसँग मिल्दैन यो सत्य हो, एकअर्काको डिएनए मिल्ने भएको भए यसलाई अनुसन्धानको लागि कसरी बलियो मान्ने ? निर्मला पन्त हत्याको बिषयमा भन्ने हो भने निर्मलाको भनिएको ‘भेजिनल स्वाब’ अर्थात, रगत के,छ त्यो सँग आरोपी भनिएकाहरुको रगत, थुकलगायत अन्यसँग म्याच गराउने हो त्यो पोजेटिभ, नेगेटिभ के हुन्छ त्यसले निर्धारण गर्छ । आमा र छोरीको डिएनए एकअर्कासँग म्याच हुन्छ । केही सञ्चारमाध्यममा मलाई उद्दृत गर्दै केही समाचार आए, डिएनए मिल्दैन भन्ने त्यो गलत हो । एकजनाको डिएनए अर्को व्याक्तिसँग नमिल्नु स्वभाविक हो तर, आमाबुवासँग डिएन मिल्छ । जनता समाचार बाट