काठमाडौं– निर्मला बलात्कार–हत्या प्रकरण छानविन गर्न गठित समितिका सदस्य (उप–सचिव) वीरेन्द्र केसी चढेको गाडीमा अज्ञात समुहले ढुंगा प्रहार गरेका छन् ।

आईतबार मध्यान्ह कैलालीको धनगढीतर्फ आउँदै गरेको अवस्थामा केसीमाथि बोहोराडाँडी भन्ने स्थानमा ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिनोद घिमिरेले रातोपाटीलाई जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अपरिचित समुहले गाडीको पछिल्लो भागमा हानेको पाइएको छ’ एसपी घिमिरेले भने, ‘ढुंगा हान्ने कार्यमा संलग्न पाँच जनालाई हामीले नियन्त्रणमा लिएका छौं ।’

पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन् । अज्ञात ब्यक्तिहरुले केसी चढेको बा. २१ ज ९७०३ नम्बरको गाडीमा ढुंगा प्रहार गर्दा पछाडीको सिसा फुटेको छ । उप–सचिव केसी सकुसल रहेको बताइएको छ ।