काठमाडौं, सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राख्ने निर्णयको बिरोध गर्दै चर्केको आन्दोलन अराजक हुन पुगेको छ ।
आन्दोलनकारीले निर्मला पन्तको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिका सदस्य विरेन्द्र केसीको गाडी तोडफोड गरेका छन् ।
यसअघि केसीले सुरक्षाको कारण देखाउँदै समितिबाट राजिनामा दिएका थिए ।
गृहमन्त्रीसँग छलफलपछि उनी पुनः समितिमा बसेका थिए ।
प्रदेशको नाम र राजधानीमा असहमती जनाउँदै अनिश्चितकालिन बन्द रहेको धनगढीमा सुदूपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव केसी चढेको गाडीमाथि तोडफोड भएको हो ।
राजधानी गोदावरी सारेको विरोधमा अनिश्चितकालिन बन्द रहेको धनगढीमा प्रदर्शनकारीले काठमाडौंबाट आजै धनगढी पुगेका मन्त्रालयका उप–सचिव केसीको गाडीमा राजपुरमा ढुंगा प्रहार गरेका थिए ।
केसीलाई विमानस्थलमा लिन गएको बा १ झ ९७०३ नम्बरको गाडीमा आन्दोलनकारीले पछाडीबाट ढुङ्गा हानेका कैलालीका प्रहरी नायव उपरिक्षक डिएसपी हरि ओलीले बताए । उनको गाडीको सिसा फुटेको छ ।
गेटा एयरपोर्टबाट धनगढीतर्फ जाँदै गरेको गाडीमा बिपरित दिशाबाट मोटरसाइकलमा आएका युवाहरुको समूहले ढुंगा प्रहार गरेका केसीले बताए ।
प्रमुख प्रतिपक्षी दल नेपालीको कांग्रेसको नेतृत्वमा गत शनिबारदेखि धनगढी अनिश्चिकालीन बन्द छ । एभरेस्ट दैनिक बाट










