दमक\दमकको यातायात तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सम्बन्धित निकायले पूर्वपश्चीम लोकमार्गको अतिक्रमित क्षेत्र खाली गर्न सात दिने अल्टिमेटम दिएको छ ।

सडक विभागले समेत पूर्वपश्चीम लोकमार्गको विच भागबाट उत्तर दक्षिण दुवै तर्फ ८२/८२ फिट क्षेत्रमा रहेका संरचनाहरु हटाएर खाली गर्न नगरपालिकालाई परिपत्र गरेसंगै नगरपालिकाले गठन गरेको यातायात व्यवस्थापन समिति र डिभिजन सडक कार्यालय दमकले संयुक्त रुपमा सार्वजनिक सूचना गरेर त्यस्तो अल्टिमेटम दिएका हुन् । दुवै निकायले संयुक्त रुपमा आज जारी गरेको सार्वजनिक सूचनामा सो कुरा उल्लेख छ । 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सूचनामा दमक नगरपालिका क्षेत्र भित्र पर्ने रतुवा खोलादेखि मावा खोला सम्म पूर्व पश्चीम लोकमार्गको विच भागबाट ८२ फिट भित्र परेका सम्पूर्ण संरचना लगायत अवरोधहरु हटाउने यातायात व्यवस्थापन समितिको निर्णय अनुसार सम्बन्धित व्यक्तिले ७ दिन भित्र सो कार्य नगरे सडक विभागले जफत गरि लैजाने समेत जानकारी गराइएको छ ।

सूचनामा यातायात व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटा र डिभिजन सडक कार्यालय दमकका इञ्जिनियर राजेशकुमार यादवले हस्ताक्षर गरेका छन् । दमकमा पशुहाटमा सडकतिर अतिक्रमण गरेर घरहरु बनाइएकाछन् । यो पनि सूचनामा उल्लेख भएको सडक क्षेत्रभित्र पर्ने भएकाले भत्काइने बताइन्छ ।