कुनै पनि घटना वा अपराधबाट पिडित ब्यक्रिले प्रहरी कार्यालयमा गएर निवेदन वा जाहेरी दिएपछि त्यस विषयमा पिडितले बारम्बार प्रहरी कार्यालयमा धाउनु नपरोस भनेर जिल्ला प्रहरी कार्यालय झापाले अपराध पिडितलाई प्रहरी साथी कार्यक्रम शुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक ढकालले कुनै पनि विषयमा जाहेरी वा निवेदन दर्ता गराएपछि प्राप्त उपलब्धीको विषयलाई प्रहरी आफैंले फोन गरेर जानकारी गराउने उल्लेख गरे । उनले भने–छुट्टै डेक्स स्थापना गरेर पिडितका निवेदन र जाहेरी लिन्छौं र त्यसबाट प्राप्त उपलब्धी, जानकारीहरु अनुसन्धानलाई बाधा नपुग्ने कुरा हामी फोन मार्फत सम्बन्धित ब्यक्तिलाई जानकारी गराउछौं ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो अभियान झापाका सबै प्रहरी कार्यालयमा एकैसाथ शुरु हुने र यसबाट पिडित पक्षलाई प्रहरीले अनुसन्धान तथा कारबार्ही प्रक्रिया कसरी अघि बढाइरहेको छ भन्ने जानकारी पाउन सहज हुने प्रहरी उपरीक्षक ढकालको भनाई छ । बारम्बार प्रहरी कार्यालय धाउनुनपरोस् भनेर प्रहरीले यो कार्यक्रम शुरु गरेको जनाइएको छ ।

झापा जिल्लालाई नमुना पुलिस बनाउने उद्धेश्यका साथ लागेको भन्दै प्रहरी उपरीक्षक ढकालले भने–झापाका सम्पूर्ण प्रहरी कार्यालयहरुमा यो सेवा शुरु हुदैछ, यसले गर्दा नागरिकले अब सहज रुपमा सेवा प्राप्त गरेको अनुभूत गर्नेछन् ।

पिडितको साथी प्रहरी कार्यक्रमका लागी ७९ जना प्रहरी कर्मचारी खटिने जनाइएको छ । आर्थिक वर्ष २०७५/७६ को हाल सम्म विभिन्न अपराधका २८१ जहेरी दरखास्त पारेका छन् । त्यस्तै विभिन्न समस्या र घटनाको ठाडो निवेदन १८६५ परेका छन् । त्यस्तै असोज महिनाको १४ गतेसम्ममा मात्रै २६६ वटा निवेदन परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पिडितको सहायताका लागी प्रहरी साथी क्रार्यक्रम शुरु भएपछि अब नागरिकले एक पटक जाहेरी दिएपछि त्यसबाट प्राप्त उपलब्धीका लागी प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने प्रहरी उपरीक्षक ढकालले बताए ।