बिष्णुप्रसाद पोखरेल दमक । दमक अस्पताल, कन्काइ नगरपालिकाको सुरुगा स्वास्थ्य केन्द्रलाइ हेल्पिङ ह्याण्डसंगको सहकार्यमा वर्कफर नेपाल कमल गाँउपालिकाले ३० लाख भन्दा बढि मुल्य बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । आइतवार एक कार्यक्रमबीच उक्त सामाग्रिहरु अस्पताल र स्वास्थ्य केन्द्रलाइ प्रदान गरिएको हो । दमक अस्पतालमा स्वास्थ्य सामाग्रि हस्ताण्तरण कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन राइले अस्पतालमा सामाग्रि थुपारेरमात्र नहुने बताउदै यसको सहि सदुपयोग गर्न आग्रह गर्नु भयो । ३ बर्ष अघि स्वास्थ्य चौकीबाट स्तरउन्नती भएर जिल्ला अस्पतालको रुपमा बिकास भएको दमक अस्पतालमा स्वास्थ्य उपकरणहरुको अभाव रहेको अवस्थामा यो सहयोग आवश्यक रहेको भन्दै यसको सहि सदुपयोगमा उहाँले जोड दिनु भएको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अस्पतालमा आवश्यक उपकरणहरु उपलब्ध गराएको प्रति आभार प्रकट गर्दै अस्पताको ब्यवस्थापनमा ध्यान दिएर यसको उच्चतम प्रयोगटबाट यहाँका गरिब तथा स्वास्थ्य पहुचमा नपुगेका नगरबासीहरुलाइ सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेमा जोड दिनु भयो । समाज कल्याण परिषदका उपाध्यक्ष निर्मणी बरालले दातृ निकायहरु ग्रामिण क्षेत्र तथा बिकट जिल्लाहरुमा मात्र केन्द्रित रहदा शहरी क्षेत्रका समस्याहरुमा कसैको ध्यान नगएको बताउनु भयो । यहाँ अत्यआवश्यक सहयोग गर्न तत्पर भएकोमा सहयोगि संस्थालाइ उहाँले यस्ता कार्यलाइ निरन्तरता दिन आग्रह गर्नु भयो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट बिपिन पाण्डेले अहिले आफुहरुलाइ प्राप्त सामाग्रिहरु नेपाल सरकारबाट उपलब्ध गराउनु पर्ने अवस्था भएको भए कम्तिमा पनि ५ बर्ष कुर्नु पर्ने अवस्था आउने भन्दै यो सहयोग अस्पतालका लागि ठुलो भएको बताउनु भयो । उहाँले अब सामान्य प्रकारको अप्रेसन, बर्थिङ सेन्टर र दाँतको समस्या जाँचका लागि यसैसातादेखि काम शुरु गर्ने पनि जनाउनु भयो । वर्क फर नेपालका अध्यक्ष त्रीलोचन अधिकारीले आफुहरुले बिद्यालयहरुमा स्वच्छ पीउनेपानी, शैक्षिक सामाग्रि बितरण,सामुदायिक अस्पताल र स्वास्थ्यकेन्द्रलाइ आवश्यक भौतिक सहयोग गर्दै आएको बताउनु भयो । यो पटक झापाका अस्पताल र स्वास्थ्यकेन्द्रमा गरिब ५० लाखका स्वास्थ्य उपकरणहरु प्रदान गर्ने लक्ष्य अनुसार काम भइरहेको उहाँले जानकारी दिनु भएको छ ।