काठमाडौं, असोज १५
राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टीमा विलय भएका छन् । दुवै पार्टीलाई नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले अविर तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेघराज निसाद नेपाली संस्थापक रहेको राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघका सवै पदाधिकारी र सदस्यहरु नेकपामा प्रवेश गरेका हुन् ।
दुवै पार्टीका नेताले पाटी प्रवेश गर्दै नेपाललाई समृद्ध र विकास तर्फ लैजान नेकपाको नेतृत्व र वर्तमान सरकारले मात्र सक्ने भएकाले आफुहरु नेकपामा प्रवेश गरेको बताएका छन् ।










