असोज १५, २०७५
धनगढी – पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका– ९ बल्मीमा सोमवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
धनगढीबाट हसुलीयातर्फ गइरहेको से१ख १०२५ नम्बरको बस तीव्र गतिका कारण अनियन्त्रित भई उछिट्टिएर खेतमा पुगेको छ ।











