भद्रपुर । भर्खरै काठमाडौंमा सम्पन्न नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय अधिवेशनबाट निर्वाचित भएका अध्यक्ष लगायतका केन्द्रीय पदाधिकारीहरुलाई झापामा स्वागत गरिएको छ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल लगायत केन्द्रीय पदाधिकारीलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सोमबार स्वागत गरिएको हो ।
गत असोज ७ गते निर्वाचित भएपछि पहिलो पटक झापाका आएका उनीहरुलाई निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत लगायतका नेतृत्व टोलीले माल्यार्पण गर्दै झापामा स्वागत गरेका थिए ।
निर्माण व्यवसायी संघ झापाले मंगलबार बिर्तामोडमा आयोजना गर्ने केन्द्रीय पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रममा सहभागि हुन उनीहरु झापा आएका अध्यक्ष बस्नेतले बताए ।










