भद्रपुर । देशमा बढ्दो बलात्कार तथा महिला हिंसाविरुद्ध झापाको सदरमुकाम भद्रपुुरका बालबालिका सडकमा उत्रिएका छन् । निर्मला पन्त र श्रीया सुनारको बलात्कारपछि हत्या भएको र अब पालो हाम्रो हो कि ? भन्ने प्लेकार्ड हातमा बोकेका बालबालिकाहरुले भद्रपुरस्थित लेखनाथचोकमा सोमबार साँझ प्रर्दशन गरेका हुन् ।
बलात्कारपछि पीडित हुने दृष्यमा सजिएका ५ बर्षदेखि १४ बर्ष सम्ममा बालबालिकाले सरकारसंग सुरक्षासहितको न्याय माग्दै सडकमा प्रर्दशन गरेका हुन् । उनीहरुले एक घण्टा प्रर्दशन गर्दै बलात्कारपछि हत्या भएका बालिका तथा युवतीको सम्झनामा दिप प्रज्ववलन समेत गरेका थिए ।










