नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गर्दै मिडियाबाजी आरम्भ गरेका छन् ।
वरिष्ठ नेता नेपालले काठमाडौंमा चियापान गर्दै पार्टी नेतृत्वप्रति केही गुनासो गर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाललगायत पौडेल भन्दा सिनियर अरु केही नेतासमेत मौन रहँदा र नेपालको चियापानमा पुग्दा महासचिव पौडेलले भने नेपालको कटाक्ष गर्दै अन्तर्वार्ता दिन दिएका छन् ।
सोमबार अन्नपूर्ण पोष्टमा छापिएको अन्तरवार्तामा पौडेलले माधवकुमार नेपाललाई कटाक्ष गर्दै भनेका छन्ः –माधव कमरेडले पुरानो गीत गाउनु भयो । –पार्टी अध्यक्षविरुद्ध बोल्नु भयो । –दमकल बोलाएजस्तो हतारमा भेला बोलाउनु भयो । –उहाँले खोजेको माझी दाइ को हो ? –अभिभावक मानेको थिएँ । अचम्ममा परेको छु ।
महासचिव पौडेलले अध्यक्ष केपी ओली र प्रचण्डको बचाउ गर्दै अरु केही दाबी र ठोकुवा पनि गरेका छन्, जसलाई अन्नपूर्ण पोष्टले छापेको छः –आजसम्मका सबै निर्णय सहमतिमा भएको हो । –बहुमतको निर्णयअनुसार प्रदेश र जिल्ला नेतृत्व तोकिएको हो । –झलनाथ खनाल कमरेडको अनावश्यक असन्तुष्टि किन ? –वामदेव गौतम कमरेडलाई संसदमा ल्याउनु हुन्न भन्ने केही छ ? –नेपालमा अब कहिल्यै नाकाबन्दी हुनेछैन ।










