दमक/दमकमा केन्द्रीय कार्यालय रहेको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ । प्रतिष्ठानको अध्यक्ष पदका लागि पूर्व उपाध्यक्ष दुर्गाप्रसाद पौडेल र बर्तमान अध्यक्ष सिताराम खतिवडा विच प्रतिष्पर्धा छ ।
पौडेल प्रतिष्ठानको संस्थापक सदस्य र २ कार्याकल उपाध्यक्ष हुन् । यस्तै पूर्व कोषाध्यक्ष तथा अहिलेका अध्यक्ष खतिवडा पनि यस बर्ष बिगतमा नसकेका कामहरु पुरा गर्ने भनेर अध्यक्ष पदमा दाबी गरेका छन् ।
पौडेलले संस्थाको विकासका लागि अहिलेसम्म योगदान गरेको र बिगतमा पनि सहमतिका लागि त्याग गरेको बताउदै यस पटक दाबी गरेको उल्लेख गरेका छन् । निर्वाचनका वाइएन चौलागाइको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको छ ।










