दमक/जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले नयाँ जिम्मेवारी पाएकाछन् । उनले मेची अञ्चल अस्पताल बिकास समितिको अध्यक्षको जिम्मेवारी पाएकाहुन् ।

नयाँ ब्यवस्था नभएसम्म अन्तरिम रुपमा जिल्ला समन्वय समितिको संयोजकत्वमा अस्पताल बिकास समिति बनेको हो । पोर्तेलले मंगलवार एक कार्यक्रमबीच पदभार ग्रहण गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अस्पतालको बिकास र सहज स्वास्थ्य प्रदान गर्नका लागि आवश्यक योजना सहित अघि बढ्ने पोर्तेलले जनाए । नागरिकको स्वास्थ्यमा सहज पहुचका लागि आफुहरु प्रयत्नशील रहने समेत उनले बताए ।