दमक/बिहिबार अर्थात असोज १८ गते मनाइने विश्व पशुपंक्षी दिवसमा अवसरमा बलिप्रथा बिरुद्ध र पशुपंक्षीको संरक्षण गर्न माग गर्दै दमक पनि कार्यक्रम हुने भएको छ ।

स्थानीय श्रीकृष्ण रथ यात्रा समितिको आयोजनामा विभिन्न धार्मिक संघसंस्थाहरुको सहभागितामा यो दिवस मनाउन लागिएको समितिका सचिब प्रेम भट्टराइले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विगत तीन वर्षदेखि यस दिवसमा दमकमा कार्यक्रम हुदै आएको छ । आज राधा माधव सेवामा पत्रकार सम्मेलन गरेर पशुवली रोक्न माग गर्दै सचेतना र्याली निकाल्न लगिएको समितिका कार्यवहाक अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

राधा माधव सेवा समितिको प्राङगणबाट शुरु हुने ¥याली दमकको चौंक वजार परिक्रमा गरि जनचेतनामूलक कोणसभा गरेर सकिने छ ।

कार्यक्रममा स्वर्गीक मार्ग संघ नेपाल,किरात धर्म तथा साहित्य उत्थान संघ, श्रीकृष्ण प्रणामी, राधा माधव सेवा समिति, अद्धैत सत्संग, ओम शान्तिलगायतका धार्मिक संघसंस्थाहरुको एक्यबद्धताछ ।