असोज १६, २०७५

विराटनगर– प्रदेश १ को नाम र स्थायी राजधानीको बारेमा टुङ्ग्याउन बसेको एक नम्बर प्रदेश नेकपा संसदिय दलको बैठक स्थगित भएको छ । सांसदहरुको बोल्ने क्रम सकिएपछि ५ जना मन्त्री सहित उपनेताले बोल्न बाँकी रहेकोले अर्को दिन दलको बैठक बोलाएर यो बिषय टुङ्गोमा पुर्‍याइने भएको हो । नेकपाका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले अनुपस्थित भएका बाहेक ५६ जना सांसदले आफ्नो धारणा राखेपछि आजको लागि बैठक स्थगित भएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्को कुनै दिन १८ या १९ गते संसदीय दलको बैठक बोलाउने र त्यो बैठकमा मन्त्रीहरु सबैले र उपनेता सहित छुटेका सांसदले आफ्नो धारणा राखेपछि कसरी अगाडी बढ्ने भन्ने निक्र्यौल निकालिने उनको भनाइ छ ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कार्यपालिका र ब्यवस्थापिका विकेन्द्रीत गर्ने भनी बताई रहँदा बैठकमा सहभागी दुई जना बाहेकका सबै सांसदहरु बिकेन्द्रीकरणको बिपक्षमा देखिएका छन् । उनीहरुले राजधानी जहाँ तोकिन्छ त्यहीको भुगोलमा एकै ठाउँमा कार्यपालिका र ब्यवस्थापिका बनाउनु पर्ने बताए । मुख्यमन्त्री कार्यालय सहित मन्त्रालय विराटनगरमा राख्ने र प्रदेश सभा इटहरी लगायतका आसपासका क्षेत्रमा लैजाने गरी गृहकार्य गरेको भन्ने बिषयलाई आधार बनाएर सांसदहरुले त्यस्तो धारणा ल्याएका हुन् ।

नामको बिषय पनि अन्यौल

एक नम्बर प्रदेशको नाम र राजधानी टुङ्ग्याउने बारेमा २ दिनसम्म विराटनगरको फन एण्ड फुड रिसोर्टमा बसेको नेकपा संसदीय दलको बैठकमा पहिलो नम्बरमा सांसदले सगरमाथाको पक्षमा आफ्ना धारणा राखेका छन् । त्यस्तै दोश्रो नम्बर किराँत प्रदेशमा संसदले नाम राख्न भनेका छन् । त्यस्तै तेश्रो नम्बरमा किराँत–सगरमाथा वा सगरमाथा–किराँत प्रदेशको पक्षमा केही सांसद कोशी,लिम्बुवान किराँत प्रदेशको पक्षमा देखिएका छन् । तर यसरी

सांसदहरुबाट आएको सुझावलाई आधार मान्ने हो भने सगरमाथा वा किराँत प्रदेश नै एक नम्बर प्रदेशको नाम हुने देखिएको छ ।

राजधानीमा विवाद

नेकपाको संसदीय दलको बैठकमा नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरलाई बनाएर मन्त्रालय तथा संसद सभा भवन बिकेन्द्रीकरण गर्ने बिषय बाहिर आईरहेका बेला राजधानीको नाम इटहरी, विराटनगर, धरान र धनकुटाको पक्षमा सांदहरुले अघि सारेका छन् ।