झापाको दमकमा नियमित संञ्चालन हुने 'बैसि दुडुब' मा मधेसको मुद्दामाथि बहस हुने भएको छ। आगामी शनिवार हुने बहसमा विश्लेषक तथा लेखक चन्द्र किशोर र खगेन्द्र संग्रौला वक्ता रहने आयोजक युथ नेटवर्कले जनाएको छ।

'आजको मधेश र मधेशको समाजशास्त्र' बिषयमा बहस मधेसका मुद्दा, मधेसी समाजको विषयमा चर्चा हुनेछ। दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा हुने कार्यक्रमको यो छैठौं संस्करण हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघि राजन मुकारुङ, उपेन्द्र सुुब्बा , आहुती, विश्वप्रकाश शर्मा, शुशीला कार्कि तथा राजनितीकअर्थशास्त्री हरी राेक्का लगायत विशिष्ट व्यक्तित्वहरुको वैचारिक कार्यक्रम र बहस युुथ नेटवर्कले सम्पन्न गरिसकेको छ ।

सहरलाई सचेत र संस्कार युत्त अनि अालाेचनात्म चेत सहितकाे सहर बनाउने अभियान स्वरूप कार्यक्रम ‘बैसि दुडुुब श्रृङखला’ सुरु गरिएको युुथ नेटवर्कका सल्लाहकार गाेबिन्द राज कट्टेलले जानकारि दिए ।

"बैसि टुडुब" नाम अाफैमा लाेपउन्मूख जाति सन्थाल भाषामा दुई वा सोभन्दा बढी मानिसहरू बसेर गरिने गफगाफ/छलफल/अन्तरसम्वाद/अन्तर्कृया हाे । त्यसै गरि कार्यक्रमकाे मुल व्यानर धिमाल महिलाहरूले लाउने कपडा पेटानि रंगकाे प्रयाेग गरेर सवैलाई समाबेशि र अपनत्ब साथै जातिय पहिचान लाई सम्मान गरिएकाे नेटवर्कका अध्यक्ष सन्ताेष दुलालले बताउनु भयाे ।