अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार सदरमुकाम मलंगवाको टावर चोकबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत हवल्दार नरुल अन्सारीलाई घुस लिएको ३० हजार रुपैंयासहित पक्राउ गरेको छ ।

अन्सारीले भारतीय सीमा बजारबाट विभिन्न सामान आयात गर्न लाईन मिलाई दिने प्रलोभन देखाई ब्यापारीसँग घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घुस मागेको सूचना पाएर पुगेको आयोगको टोलीले हवल्दार अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।