पाल्पा । नेपालको संविधान धर्म निरपेक्ष संविधान हो । त्यसैले कुनै पनि धर्म विशेषको प्रचार गर्नु कानुनको मात्रै होइन संविधानको समेत बर्खिलाप हो ।
क्रिश्चियन धर्मको प्रचारमा अन्य सर्वसधारण त हिडेका थिए नै पछिल्लो पटक पाल्पामा प्रहरी सुरुक्षाकर्मी नै धर्म प्रचारमा हिडेपछि प्रहरीले पक्राउ गरेको छ ।
क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा सशस्त्र प्रहरी हवल्दार दिलिप बहादुर गुरुङ पक्राउ परेका छन् । क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा गुरुङलाई पाल्पाको क्राउन होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शसस्त्र प्रहरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले सशस्त्र प्रहरी गुल्म पाल्पाको जिम्मा लगाइएको जनाएको छ । एसपी विश्वमणि पोखरेलका अनुसार उनलाई विभागीय कारबाहीको लागि सिफारिस गरिएको छ ।










