काठमाडौं– काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन्। उनी ७/८ वर्ष उमेरका रहेको प्रहरीले प्रारम्भिक जानकारी पाएको बताएको छ।

बच्चाको खोजीको लागि अपराध महाशाखा अनुसन्धानको टोली परिचालन गरिएको छ। खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बच्चाको नाम खुलेको छैन। उनलाई स्थानीय तेज विनायक स्कुलबाट घर फर्किंदै गर्दा तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले जानकारी दिएको छ। बालकलाई लैजाने गाडी खैरो रङको भएको प्रहरीले बताएको छ।

(विस्तृत विवरण आउन बाँकी)