डोटी, असोज १७ । नेपाली कांग्रेसका नेता  पूर्वमन्त्री वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको बताएका छन् ।

पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले बम दिदी–बहिनी पक्राउ गरे सबै कुरो तिनैबाट खुल्ने दाबी गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डोटीको दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता बलायरले भने, ‘‘यदि निर्मला हराएकै राति बम दिदिबहिनीहरुको घरमा छापा मारीएको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर, प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन,यो प्रहरीको कमजोरी हो ।’

निर्मला पन्त गएको साउन १० गते रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबिताले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीले सार्वजनिक रुपमा बताउँदै आएकी छन् ।

स्थानीय बासीन्दाले सुरुदेखि नै बम दिदी–बहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए । तर, लामो समयसम्म प्रहरी अनुसन्धान बाहिर रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरे पनि केही दिनमा नै धरौटीमा छुटेका थिए ।