पाल्पाको बगनासकाली गाउँपालिका वडा -८ बराङदीमा बुधबार बिहान मलामी बोकेको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

१४ जना मलामी बाेकेर राम्दी तर्फ जाँदै गरेको लु १ ज २०५० नं.को जिप उकालोमा सडकमै पल्टेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परि चालक शारदा बस्याल र अन्य ४ जना घाइते भएका छन् । चालक बस्याललाई उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार अन्य ९ जना भने सकुशल छन् ।