गोठाटारबाट भर्खरै बालक अपहरण भएका छन् । बच्चा कस्को भन्ने एकीन भने भइसकेको छैन ।

तेजबिनायक चोकबाट एउटा बच्चालाई जर्बजस्त ट्याक्सीमा राखेर लगिएको तर उनी को हुन् भन्ने थाहा नभएको स्थानीय रुद्रप्रसाद चापगाईले जानकारी दिनुभयो । ‘बच्चा जर्बजस्त ट्याक्सीमा राखेको देखियो तर को हुन् , कहाँका हुन् थाहा भएको छैन’ उहाँले जनता समाचारसँग भन्नुभयो, ‘घटना प्रहरीलाई खबर गरेका छौ । घटनाकाे विस्तृत केहीबेरमा थाहा होला ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यही एरियामा पर्ने काँडाघारीमा अघिल्लो महिना ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो । बासिन्दाले त्यो घटना बिर्सन नपाउँदै फेरि अर्का बालक अपरणमा परेका हुन् ।जनता समाचार बाट