बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा गुणस्तरहिन काम भइरहेको भन्दै वडाध्यक्षहरुले नै यस बिषयमा मुख खोलेकाछन् । दमक वडा नंं ७ ले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्ने वडाध्यक्षहरुले यस बिषयमा मुख खोलेकाहुन् ।
दमक वडा नंं ५ का वडाध्यक्ष इन्द्र गुरुङले यसबारे असन्तुष्टि पोखे । अनिवार्य रुपमा केहि प्रतिशत रकम उपभोक्ताले समेत लागत सहभागिता देखाउनु पर्ने अवस्था रहेको भएपनि त्यो रकम पनि नलगाउने र काम पनि ठेकेदारलाइ दिइने गरेको पाएको उनले बताए ।
एकातिर लगत स्टमेटभन्दा कममा काम गर्न जिम्मा लिने र अर्कातर्फ कामको दोष उपभोक्तालाइ आउने भन्दै यस्तो नगर्न उनको सुझाव रहेको थियो । उनले भने, नगरपालिकामा खातापातामा उपभोक्ताले काम गरेको भन्ने देखिनु र ब्यवहारमा ठेकेदारले काम गरिरहेको भेटिनु सुहाउदो बिषय होइन ।
वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले बिकास निर्माण लगायतका काममा उपभोक्ताले चासो नदिने र काम बिग्रेपछि दोष जनप्रतिनिधिलाइ आउने गरेको दुखेसो राखे । उनले विकास निर्माणको काम सबैको साझा दायित्व भएको भन्दै यसरी नै बुझ्नकालागि आग्रह गरे ।
उनले आफ्नो घरआँगन र पसल अगाडि भइरहेको कार्यको संरक्षण नगर्ने र बिग्रदा दोष नगरपालिका तथा जनप्रतिनिधिलाइ दिइने गरेको उनको भनाइ रहेको थियो । आफ्नै अगाडि पीच गरेको केहि मिनेट बित्न नपाउदै गाडि कुदाउने र भत्कदा त्यो दोष चाहि जनप्रतिनिधिलाइ दिइने गरेको छ, उनले भने ।
वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालले वाडमा हुने बिकास निर्माण लगायतका कार्यक्रम सबैको साझा दायित्व भएको भन्दै यसमा सबैको सहभागिता शुनिश्चित गर्ने आफ्नो लक्ष्य रहेको बताए । उनले त्यसै अनुसार वाडमा हुने कामहरुको बिषयमा आफुले समयमा नै जानकारी गराएको बताउदै सार्वजनिक गरेको उल्लेख गरे ।









