भद्रपुर । झापाको भद्रपुरमा एक कपडा पसलमा चोरीको प्रयास भएको छ । भद्रपुर ६ स्थित सिटीगार्डेन नजिकै पसविन अलिले सञ्चालन गरेको गार्मेन्टका कपडा पसलमा चोरीको प्रयास भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
मंगलबार राती गस्तीमा खटिएका प्रहरीले टोलीलाई देखेर चोर भाग्न सफल भए । तर, चोरले चोरीका लागि प्रयोग गर्ने औजार प्रहरीले बरामद गरेको छ । चाडपर्व नजिकिएसँगै भद्रपुरमा चोरको बिगबिग फेरि बढ थालेकोले स्थानीयलाई सचेत रहन प्रहरीले आग्रह गरेका छन् ।










