असोज १७ क्रिश्चियन धर्मको प्रचारमूलक भाषणमा सहभागी भएका सशस्त्र प्रहरी हवल्दार दिलिप बहादुर गुरुङ्ग प्रक्राउ परेका छन् । सुरक्षा निकायमा आवद्ध प्रहरी नै धर्म प्रचार प्रसारमा लागेको खबर बाहिरीएपछि स्थानियहरुले प्रक्राउ गर्नु पर्ने आवाज उठाए ।

त्यसपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल र सशस्त्र प्रहरी गुल्मका डिएसपी दिनेशबहादुर रायमाझी र स्थानीय प्रशासनको समन्वयपछि सशस्त्र प्रहरीका हवल्दार तथा क्रिश्चियन धर्म प्रचारक गुरुङलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले क्राउन होटलबाट पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रमुख जिल्ला अधिकारीको निर्देशन र सशस्त्र प्रहरी कार्यालयका प्रमुखको आग्रहमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ । प्रक्राउ परेका गुरुङ सशस्त्र प्रहरीकै वाहलवाला हवल्दार रहेको खुलेको छ ।गुरुङलाई सशस्त्र प्रहरीलाई बुझाइनेछ भने आवश्यक छानविनपछि उनीमाथि विभागिय कार्वाही हुने सशस्त्र प्रहरीले जनाएको छ ।