काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कार्बाहीको माग गर्दै सिंहदरवार अगाडि प्रदर्शन गरिएको छ ।

विभिन्न अधिकारकर्मीहरुले विहीबार सिंहदवारको दक्षिणी गेटमा भेला भएर दोषीलाई कार्वाहीको माग गरेका छन् । साथै उनीहरुले गृहमन्त्रालयले वास्तविक हत्यारालाई कार्बाही नगरेको भन्दै गृहमन्त्री थापा र आइजिपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदर्शनकारीहरुले पन्तको हत्या भएको ७० दिन वितिसक्दा समेत दोषीलाई कार्बाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले हामी न्याय चाहान्छौं । निश्पक्ष छानविन गर्न नसक्ने आइजीपी खनालाई विदा गर लगायतका नारा लगाएका छन् ।