दमक/झापाको दमकस्थित संगम स्वीट्समा बजार अनुगमन समिति बिहिबार अनुगमन गरेको छ । दमक नगरपालिकाले बनाएको अधिकार सम्पन्न समितिले अनुगमन गरेको हो । वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालको संयोजकत्वमा बनेको बजार अनुगमन समितिले बिहिबार अनुगमन गरेको हो ।

अनुगनको क्रममा सरसफाइमा बिशेष ध्यान दिएको र अहिलेसम्म अनुगमन गरिएकाहरुमध्ये उत्कृष्ठ भेटिएको अनुगमन समितिले जनाएको छ । अनुगमन समितिका संयोजक पौड्यालका अनुसार सरसफाइमा धेरै ध्यान दिएको पाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले तोकेको मापदण्ड अनुसार १ नम्बरमा राखिएको उनले जनाए । उपभोक्ता हित संरक्षण मञ्च झापाका अध्यक्ष नबिन चापागाइ लगायत सञ्चारकर्मीहरु सहितको टोली अनुगमनमा गएको थियो ।

संगम स्वीट्सका प्रोपाइटर बिमल शर्माले उपभोक्ताको स्वास्थ्यमा आफुहरु संवेदनशिल रहेको जनाउदै सुधार गर्नु पर्ने पक्ष भएको भए सुधार गर्नका लागि तयार रहेको जनाएका थिए ।