काठमाडौं । काठमाडौं सोल्टीमोडस्थित श्रम कार्यालयमा वैदेशिक रोजगार जाने व्यक्तिहरुलाई श्रम गरीदिने भन्दै सेवाग्राहीलाई अनावश्यक हैरानी दिने १४ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका १४ का २४ वर्षीय उज्वल पन्थी सहित १२ जनालाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई बाटो छेकेर अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोल्टोमोडमा श्रम गरिदिने भन्दै उनीहरुले सेवाग्रहीलाई तानातान गर्दै आएका छन् । उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










