धनगढी– कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भीम बोगटीले रिसको झोकमा नगरपालिकाकामा तोडफोड गरेका छन् ।

वडा अध्यक्ष बोगटीले रिसको आवेगमा आएर आज नगरप्रमुख ममता प्रसाद चौधरीको कार्यकक्ष बाहिरको सिसा फुटाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगपालिकाले असोज १४ गते नगरस्थित छाडा गाई वस्तु व्यवस्थापन समितिको नाममा ६ लाख ६५ हजार ३५३ रुपैया बराबरको चेक जारी गरेको थियो । तर जारी भएको चेकको मितिमा २०७५ लेख्नुपर्नेमा २०७३ लेखिएपछि साटिएन । जारी भएको चेकमा त्रुटि भएपछि अाक्राेशित भएका वडा अध्यक्ष बोगटीले सीसा फुटाएका हुन् ।

तर वडा अध्यक्ष बोगटीले ढोका जोडले तान्दा सिसा चर्केको र पछि फुट्न गएको बताए । वडा अध्यक्ष बोगटीले लोकान्तरलाई भने, ‘तोडफोड केहि होइन । जोडले तान्दा हल्का फुटेको मात्रै हो ।'

त्यस्तै उनले कर्मचारीले गम्भीर त्रुटी गरेको दाबी गरे । ‘मेरो भनाई त्यति मात्रै हो, ठिक छ, आज त मितिमा गल्ती भयो । कुनै दिन १ लाख लेख्ने ठाउँमा १० लाख लेखियो भने के हुन्छ ? कर्मचारीहरुले यत्रो सम्मको त्रुटि गर्नु भएन भन्ने मेरो भनाई हो,' अध्यक्ष बोगटीले भने । लोकान्तर बाट साभार गरेको