दमक,१९ असोज÷ यहाँस्थित मेची मदिरा व्यवसायी संघ माइपश्चिम झापाको आज शुक्रवार पाँचौं चुनावी बार्षिक साधारणसभा हुदै छ । स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रमका बीच आफनो विभिन्न कार्यक्रम गरि चुनावी साधारणसभा हुन लागेको हो । साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष प्रेम पाण्डेले बताए । दिउँसो १ वजे हुने साधारणसभाको उद्घाटन सत्रमा पत्रकार विष्णु पोख्रेल र अग्रज व्यवसायी इन्द्रबहादुर थापालाई सम्मान गरिने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले बताए । संघमा आवद्ध जिल्लाको माइपश्चिम क्षेत्रका करिव ७० जना बढी मदिरा व्यवसायीहरुको सहभागिता रहने साधारणसभा उद्घाटन सत्रमा संघका अध्यक्ष पाण्डेले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष राजेश पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । यसैगरि साधारणसभाको वन्दसत्रबाट नयाँ नेतृत्व चयन गर्न अग्रज व्यवसायी नारायण केसीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको महासचिव मुकुन्द आचार्यले बताएका छन् । त्यस्तै, साधारणसभालाई भव्यताका साथ सम्पन्न संघका सदस्य अच्यूत निरौलाको संयोजकत्वमा मूल तयारी उपसमिति समेत गठन गरिएको छ । साधारणसभा नेपाल मदिरा व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यतामा हुने संयोजक निरौलाले जानकारी दिए ।