धनुषा, असोज १९ । जनकपुरदेखि भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्चिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए ।

राजदुत पुरी जनकपुर नजिकैको प्लेटफर्म पुगेर फर्किएका थिए । अन्य अधिकारी र प्राविधिक जयनगरसम्मै पुगे । जनकपुर रेलवे विस्तार तथा स्तरन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाइएको हो ।

रेलको लिक तथा पुलपुलेसाको गुणस्तर जाँच्न भारतबाट निर्माण सामग्रीसहितको मालगाडी नियमित नेपाल आउने गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।