काठमाडौं– पप्पु कन्टक्सनका सञ्चालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेपछि कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष एवं हालका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारको सांसद पद धरापमा पर्ने भएको छ ।

गतवर्ष मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रोनियार पर्सा ३ मा संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित भएका थिए । संविधानको धारा १ सय ६ को व्यबस्था र प्रतिनिधि सभाको कार्यसञ्चालन नियमावलीको नियमा २४४ अनुसार उनको पद धरापमा पर्ने देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर संसद नियमावलीको व्यबस्था अस्पष्ट छ । यही बिषयलाई लिएर नियमावली बनाउने क्रममा लामो समय विबाद भएको थियो । संसद नियमावली समितिमा रहेर काम गरेका मधेस केन्द्रीत दलका एक सांसदले रौनियकरको सांसद पद धरापमा नपर्ने दाबी गरे ।

‘जब पप्पु कन्स्ट्रक्सन भन्ने संस्था नै अरुको नाममा छ भने रौनियारको पद कसरी धरापमा पर्छ ?’ उनले प्रतिप्रश्न गरे । अर्का एक सांसदले पक्राउ नपर्दा सम्म रौनियारको पद स्वतः निलम्बन नहुने दाबी गरे ।

कानूनका जानकारहरु भने भ्रष्टाचार मुद्दा दर्ता भएपछि रौनियकारको पद स्वतः निलम्बन हुने बताउँछन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भ्रष्टाचार मुद्धा दायर भइसकेपछि स्वतः निलम्बन हुने बताए ।

‘नियमावलीमा अनुसन्धानको दौरानमा सांसद पद निलम्बन नहुने कुरा भएपनि अख्तियारले मुद्धा चलाइसकेपछि सांसद पद स्वत निलम्बन हुन्छ’ त्रिपाठीले लोकान्तरसँग भने ।

भ्रष्टाचार निवारण ऐन २०५९ मा स्वतः निलम्बनको व्यवस्था रहेको छ ।

यो खबर हामीले लोकान्तर बाट साभार गरेका हौ