सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं. ८ बालुवा टोलमा सार्वजनिक सुनवाई र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको । विकल्प को आयोजना तथा युनाईटेड मिसन र प्रतापपुर गाऊपालिकाको सहयोगमा तराई बाढी पन: लाभ कार्यक्रम अन्तर्गत वडा नं ७ र ८ मा कुल १७ वटा घर साथै १ आश्रय स्थल निर्माण गरिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खासगरी लक्षित समुदाय जस्तै बढी प्रकोपबाट प्रभावित घरदुरी,आर्थीक अवस्था कमजोर भएका, अपाङ,बालबालिका,एकल महिला बृद्धबृद्धा लगायतहरुको पुन: लाभको लागी निर्माण गरिएको हो । यस निर्माण परियोजनामा कुल लागत ९२ लाख २५ हजार २ सय ७५ रुपया निर्माण भए पछि करिब १०८३ मानिसहरु लाभान्वित हुने बताईएको छ ।

बगत लामो समय देखी स्थानिहरु बर्षातको समयमा निकै समस्या भोग्दै आएका थिए । सो ठाँऊमा आश्रय स्थल निर्माल भएपछि बिभिन्न सामाजिक कार्यमा टेवा पुग्ने स्थानियहरुले बताएका छन । सार्वजनिक सुनवाई र हस्तान्तरण कार्यक्रम कबिता ज्ञवालीको अध्यक्षता तथा गाऊपालिका प्रमुख राजकुमार शर्माको प्रमुख अथित्यता रहेको थियो कार्यक्रममा गाऊपालिका उप प्रमुख अन्जु कुमारी चौधरी, वडाध्यक्ष राम हरि उपाध्याय,कादिर अलि अन्सारी, हरेन्द्र यादव, बिशाल बाबु श्रेष्ठ, बजरंगी कोईरी, सपना खडका कमला फुन्देल, नबिन मुक्तान , रामनगिना गुप्ता, उमेश बिक लगायतहरुको उपस्थिति रहेको थियो ।