मेची मदिरा व्यवसायी संघ माइपश्चिम झापाको अध्यक्षमा पुन : प्रेम पाण्डे चुनिएका छन् । शुक्रवार दमकमा सम्पन्न पाँचौं चुनावी बार्षिक साधारणसभाको वन्दसत्रले पाण्डेको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । निर्वाचित समितिको उपाध्यक्षमा अच्यूत निरौला, महासचिवमा मुकुन्द आचार्य,सचिवमा तोर्ण वस्नेत र कोषाध्यक्षमा राजेश पाठक चुनिएका छन् ।

यस्तै सदस्यद्धयमा भिमप्रसाद पोख्रेल र गोपाल अग्रवाल चुनिए । यस्तै, शुक्रवारनै सम्पन्न कार्यसमितिको पहिलो बैठकले विधान अनुसार दुई जना कार्यसमिति सदस्यमा क्रमशः शसी राई र सन्तोष चौधरीलाई समेत मनोनित गरिएको थियो । यसैगरि रुद्रप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय एक लेखा समिति समेत सर्वसम्मत गठन गरिएको नवनिर्वाचित महासचिव आचार्यले बताएका छन् । स्थानीय कस्मिक पार्टी प्यालेसमा भएको साधारणसभाको उद्घाटन सत्रमा पत्रकार विष्णु पोख्रेल र अग्रज व्यवसायी इन्द्रबहादुर थापालाई सम्मान गर्नुका साथै साधारणसभामा सहयोग पुर्याँउने विभिन्न मदिराका डिष्ट्रीव्यूर्टस प्रतिनिधिहरुलाई कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै संघले मदिरा व्यवसायी महासंघको भवन निर्माणका लागि २५ हजार रुपैया सहयोग समेत हस्तान्तरण गरिएको थियो । संघमा आवद्ध जिल्लाको माइपश्चिम क्षेत्रका ९० जना बढी मदिरा व्यवसायीहरुको सहभागिता रहने सभाको उद्घाटनमा संघका अध्यक्ष पाण्डेले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष राजेश पाठकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संघको वन्दसत्रले सुझावसहित पारित गरिएको थियो । साधारणसभा नेपाल मदिरा व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा महासंघका महासचिव विष्णु खड्का, आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख तिलक थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, मेची डिष्टीव्यूर्टसका अध्यक्ष राजेन्द्र थापा, मदिरा व्यवसायी संघ मोरङका अध्यक्ष अंशु बन्जारा लगायतले मदिरा व्यवसायी संघको साधारणसभाका बारेमा वोलेका थिए । संघको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न नारायण केसीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।