कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा शनिबार काठमाडौंको माइतिघर मण्डलाबाट सरकार बिरुद विरोध प्रदर्शन भएको छ । निर्मलाको निम्ति न्याय अभियान स्वरुप माइतीघरबाट बानेश्वर तर्फ लागेका प्रदर्शनकारीले आइजिपी र गृह मन्त्रीको राजिनामा माग गर्दै नाराबाजी गरेका छन् ।

विरोध प्रर्दशनमा विभिन्न क्षेत्रका कलाकर्मी, नागरिक अगुवा, समाजसेवी, विद्यार्थीहरुको सहभागिता रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साउन १० मा बलात्कारपछि हत्या भएकी निर्मलाको न्यायको निम्ति राजधानीलगायत देशका विभिन्न ठाउँमा निरन्तर प्रदर्शन भइरहेको छ । बलात्कार पछि हत्या भएको करिब साढे दुई महिना भइसक्दा पनि सरकारले अपराधी पक्राउ गर्न सकेको छैन् । नयाँ पेज बाट साभार