प्युठान, असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र जनसंगठनको एकता छिट्टै टुंगिने बताएका छन् । प्युठानमा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रमा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले भने ‘आइतबार पार्टीको सचिवालय बैठक बदैछ, बैठकमा प्रदेश, जिल्ला र जनसंगठनको एकताबारे पनि छलफल हुनेछ । कुनै समस्याबीना छिट्टै एकता पक्रिया टुग्यान्छ ।’
अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र जनसंगठनको एकता पक्रियामा कुनै बाधा नहुने बताए । साथै, उनले अहिले सबैको मुख्य एजेण्डा देशमा समृद्धि र सुशासन कायम गर्नु रहेकाले एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष प्रचण्डले सरकारले जनताले अनुभूति हुने गरि काम गरिरहेको बताए । साथै, उनले सरकारको प्रभावकारिताबारे पार्टीमा र विभिन्न पक्षसँग अन्तक्रिया गरेर अझ त्यसमा गति दिने जानकारी गराए ।










