नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
नेपाल विद्यार्थी संघ डडेलधुरा सम्पर्क समितिले शनिबार काठमाण्डुमा गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पन्तको बलात्कार तथा हत्या गर्नेलाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने काम भएको बताए ।
उनले भने, ‘बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको छ ।’ कम्युनिष्ट सरकारले नेपालमा वितण्डा मच्चाइरहेको कांग्रेस सभापति देउवाले आरोप लगाए । काठमाण्डु टुडे बाट










