भद्रपुर । चार बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका ५ निवासी २२ बर्षीय राजकुमार हेमरन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रवार राती सोही गाउँपालिका ५ निवासी ४ बर्षीय बालिकालाई ललाई फकाई खेतमा लगेर हेमरनले जबरजस्ती बलात्कार गरेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनलाई घटनास्थलबाटै पक्राउ गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले बालिकालाई उद्धार गरी मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका लागि पठाइएको छन, भने आरोपी हेमरनलाई पक्राउ गरी प्रहरी कार्यालय झापामा राखेर थप अनुसंन्धान गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए । टाइम्स अफ प्रदेश बाट