काठमाडौं । सरकारले नेपाल प्रहरीका एघार जना एसएसपीहरुलाई डीआईजीमा बढुवा गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले उनीहरुको बढुवा गरेको हो ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायब उपरीक्षक पद संख्या ११ मा बढुवाको लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिवार बसेको बढुवा समितीको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । प्रहरी बरिष्ठ उपरिक्षक विकास श्रेष्ठ दुई नम्बरमा डिआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिले ठाकुर प्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्य प्रसाद उपाध्याय लाई डिआईजी बढुवाको लागि सिफारिस गरेको छ ।