काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) श्याम कुमार राईलाई अख्तियारले पक्राउ गरेको छ ।

शनिवार अख्तियारबाट खटिएको टोलीले राईलाई घुससहित राईलाई नियन्त्रणमा लिईएको अख्तियार प्रवक्ता (सह–सचिव) रामेश्वर दंगालले रातोपाटीलाई जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय प्रहरी वृतस्थित डिएसपीको कार्यकक्षबाट उनी पक्राउ परेको बताईएको छ । आयोगबाट खटिएको टोलीले अहिले मुचुल्का गरिरहेको छ ।

आयोगले राईले घुस बापत लिँदै गरेको १ लाख ४० हजार नगद बरामद गरेको छ ।

‘नगद १ लाख ४० हजार घुस लिँदै गर्दा डिएसपी राईलाई नियन्त्रणमा लिएका हौं’ अख्तियार प्रवक्ता दंगालले भने, ‘स्थानिय ब्यवसायीहरुसँग घुस लिएको भन्ने खुलेको छ, अब थप अनुसन्धान गर्छौं ।’