काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्दैछ । पार्टी एकीकरण टुङ्गो लगाउन र पार्टीभित्रका असन्तुष्टि समाधान गर्न भन्दै नेकपाले सचिवालय बैठक बोलाएको हो । प्रदेश पदाधिकारी चयनको प्रक्रिया र मापदण्डप्रति वरिष्ठ नेता माधवकुमार नेपालले चर्को असन्तुष्टि जनाइरहेका छन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार छलफल गरेर बैठक बोलाएका हुन् । दुईपार्टीबीच पार्टी एकीकरणको सहमति भएको एक बर्ष विते पनि तल्लो तहसम्म एकता हुन सकेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्काली नएमाले र माओवादी केन्द्रबीच जेठ ३ मा पार्टी एकता भएयता असार २१ गते एकपटक मात्र स्थायी समितिको बैठक बसेको थियो । पार्टीका महत्वपूर्ण निर्णयहरु नौ सदस्यीय सचिवालयले गर्दै आएको छ ।