काठमाडौं, असोज २१ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शुक्रबार तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आइतबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।