काठमाडौं– प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्रहरी संगठनका किराहरु सफा गर्ने बताएका छन्।
आइतबार प्रहरी दिवसको अवसमा भएको एक कार्यक्रममा बोल्दै केही व्यक्तिका कारण संगठन बदनाम भएकाले त्यस्ता ‘किरा’हरु आफू टिपेर फाल्ने अभियानमा रहेको उनले बताए।
केही व्यक्तिका कारण प्रहरी संगठन नै बद्नाम हुनु निकै दुखदायी रहेको बताउँदै आएजिपी खनालले त्यस्ता व्यक्तिलाई संगठनले सफा गर्ने बताए।
नेपाल प्रहरी व्यवसायिक र अनुसाशीत संगठन रहेको बताउँदै नाकरिकर सरकारको भरोसा टुट्न नदिने उनले बताए।
उनले प्रहरीप्रतिको नागरिकको विश्वास फेरि जगाउने प्रतिबद्धता समेत जनाए।










